प्रदेश सरकार

उद्योग, कृषि तथा सहकारी मन्त्रालय

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

काेशी प्रदेश, पाँचथर , नेपाल

परिचय

वि.स.२०२७ सालदेखि २०३९/०४० सालसम्म भेटेरिनरी डिस्पेन्सरीको रुपमा रहेकोमा तत् पश्चात आ.व. २०३९/४० सालमा उक्त डिस्पेन्सरीलाई पशु चिकित्सालयमा परिणत गराई फिदिम गा.वि.स.वडा नं.४ स्थित गढीगाउँमा कार्यालयको रुपमा संचालन गरिएको थियो । आ.व. २०४३/०४४ सालमा यस कार्यालयलाई जिल्ला पशु विकास तथा पशु स्वास्थ्य कार्यालयबाट जिल्ला पशु सेवा शाखामा परिणत गरियो । तत् पश्चात आ.व. २०४९/५० सालमा यस कार्यालयलाई नेपाल सरकारले एक छातामूनि अवधारणामा राखी जिल्ला कृषि विकास कार्यालय अन्र्तगत पशु सेवा शाखाको रुपमा राखी कार्यक्रम संचालन गरिएको थियो । पशु विकास कार्यक्रम समयको माँग मात्र नभई नेपाल सरकारको दायित्व भएको हुँदा आ.व. २०५२/०५३ सालमा नेपाल सरकारले एक छाताको अवधारणालाई छुट्ट्याई विभागदेखि जिल्ला स्तरसम्म परिवर्तन गरी जिल्ला पशु सेवा कार्यालयको नामाकरण भई जिल्लाको २ निर्वाचन क्षेत्रमा २वटा सेवाकेन्द्र “क” पशु सेवाकेन्द्र “ख” ९ मार्फत सेवा प्रवाह भएकोमा परिवर्तित संघीय संरचना अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय प्रदेश नं.१ बिराटनगर अन्र्तगत पाँचथर र ताप्लेजुङ्ग कार्यक्षेत्र रहने गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाँचथर नामांकन भई पशुपन्छी तथा मत्स्य विकासको माध्यमबाट स्वरोजगार प्रबद्र्धन र आयआर्जनका वैकल्पिक अवसरहरु श्रृजना गरी कृषक समूदायको गरिवी न्यूनिकरण, पारिवारिक पोषण र जिवनस्तरमा सुधार गर्नको लागि प्रदेश सरकारको आधिकारीक निकायको रुपमा कार्य गर्ने गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, पाँचथरको मिति २०७५/०७/१९ गते विधिवत समुद्घाटन भयो ।