साविकमा जिल्ला पशु सेवा कार्यालय, पाँचथर हालको परिवर्तित संरचना अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं.१ बिराटनगर अन्तर्गत पाँचथर र ताप्लेजुङ्ग कार्यक्षेत्र रहेको छ । पशुपन्छी तथा मत्स्य विकासको माध्यमबाट स्वरोजगार प्रबद्र्धन र आयआर्जनका वैकल्पिक अवसरहरु श्रृजना गरी कृषक समूदायको गरिवी न्यूनिकरण, पारिवारिक पोषण र जिवनस्तरमा सुधार गर्नको लागि प्रदेश सरकारको आधिकारीक निकायको रुपमा कार्य गर्ने गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, पाँचथरको विधिवत समुद्घाटन मिति २०७५/०७/१९ गतेका दिन माननीय आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बो ज्यू बाट सू–सम्पन्न भयो । हाल यस कार्यालय र अन्र्तरगतको सम्पर्क केन्द्र ताप्लेजुङ्गबाट लक्षित कार्यक्रमहरु सञ्चालनमा रहेका छन ।